कोपा अमेरिका : अर्जेन्टिनाद्वारा उरूग्वे पराजित

इन्भेष्टोपेपर । असार ५, २०७

ब्राजिलमा जारी कोपा अमेरिकामा लियोनेल मेस्सी नेतृत्वको अर्जेन्टिनाले शसक्त टीम उरूग्वेलाई पराजित गरेको छ ।

नेपाली समय अनुसार शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले पहिलो जित दर्ता गरेको हो । अर्जेन्टिनाका लागि एकमात्र गोल पहिलो हाफको १२ मिनेटमा गुइडो रोड्रिग्वेजले गरेका थिए । यसका लागि मेस्सीले राम्रो अवसर सिर्जना गरिदिएका थिए ।

त्यसपछि खेल अवधिभर थप गोल हुन सकेन । दुबै टिमले लगातार आक्रमण गरेर सुन्दर अवसर सिर्जना गरेका थिए । उरूग्वेको टिममा पनि एडिन्सन काभानी, लुइस सुवारेज, गोडिन जस्ता प्रतिभावान् खेलाडी थिए ।

कोपामा यस अघिको खेलमा अर्जेन्टिनाले पेरूसँग १-१ को बराबरी खेलेको थियो । यस समूहमा अब अर्जेन्टनाले ४ अंक बनाएको छ । (एजेन्सी)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *