डेनमार्क फराकिलाे गाेल अन्तरले जित्दै क्वार्टरफाइनलमा पुग्यो

इन्भेष्टोपेपर । असार १३ २०७

काठमाडौं । जारी यूरो कप फुटबल २०२० को पहिलाे क्वार्टरफाइनल खेलमा डेनमार्कले शानदार जीत हासिल गरेकाे छ । अन्तिम १६ को खेलमा डेनमार्कले वेल्सलाई ४–० को फराकिलो अन्तरले हराएको छ ।

डेनमार्कको ऐतिहासिक जितमा २७ औं मिनेटमा स्ट्राइकर कास्पर डोलबर्गले उत्कृष्ट गोल गर्दै सुरुवाती अग्रता दिलाउनुभयो । ४८ औं मिनेटमा उहाँले वेल्सका डिफेन्डर नेको विलियम्सको गल्तिकाे फाइदा उठाउँदै गर्नुभएको प्रहार गोलमा परिणत भयो ।

वेल्स खेलमा पुनरागमन गर्ने कुनै सम्भाबना नदेखिदा जोकिम मेहलले डेनमार्कका लागि तेस्रो गोल थप्नुभयो । खेलकाे ९० औं मिनेटमा वेल्सका हयारी विल्सनले रातो कार्ड पाउनु भयाे ।

यसैगरि अतिरिक्त समयको अन्तिम मिनेटमा मार्टिन ब्र्रैथवेटले गोल थप्दै डेनमार्कको गाेल संख्या चार पुर्याउनु भयाे ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *