वीमा दावी वापतकाे रकम भुक्तानी
इन्भेष्टोपेपर । असार १४, २०७८
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले डडेलधुरा स्थित आफनो शाखा कार्यालयमा आज एक कार्यक्रम आयोजना गरी स्व. पदम राज पन्तको मृत्यू दावी भुक्तानी गरेको छ ।
स्व.पदम राज पन्तले सन २०२१ फेबरी २२ मा रु.७० लाखको दोहोरो दुर्घटना लाभ सहितको १५ वर्षे अमृत श्री साबधिक जीवन वीमालेख खरीद गर्नुभएको र सन २०२१ मार्च ०६ मा निजको जिप दुर्ङटनाकाे कारणबाट मृत्यू भएकोले कम्पनीले वीमा दावी वापत रु. १,२४,४८,०००।- (एक करोड चौबिस लाख अडचालिस हजार मात्र) स्व. पन्तको इच्५ाइएको व्यक्ति निजको श्रीमती बिमला देबी पन्तलाई भुक्तानी गरेको हो ।
उक्त रकम शैल्य शिखर नगरपालिकाका नगर प्रमूख अमर सिंह धामीको प्रमूख आतिथ्यमा कम्पनीको डडेलधुरा शाखा प्रमुखले चेक हस्तान्तरण गर्नुभयाे ।
