सुनको मूल्य उकालाे लाग्नेक्रम जारी

इन्भेष्टाेपेपर ।  भाद्र ७, २०८३

काठमाडौँ ।  स्थानीय बजारमा आइतबार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला दुई हजार ८०० रुपियाँले बढेको हो । असली चाँदीको मूल्य तोलामा १० रुपियाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १९ हजार ५०० रुपियाँ कायम भएको छ । असली चाँदीको मूल्य प्रतितोला चार हजार ९७५ रुपियाँ निर्धारण भएको छ ।

गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १६ हजार ७०० र त्यति नै परिमाणको असली चाँदीको मूल्य चार हजार ९८५ रुपियाँ कायम भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ६२३ र चाँदी ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *