‘न्याय सम्पादनमा बार र बेञ्चको महत्त्वपूर्ण भूमिका हुन्छ’

इन्भेष्टाेपेपर ।  भाद्र ७, २०८३

दमौली (तनहुँ) ।  प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले न्याय सम्पादनमा बार र बेञ्चको महत्त्वपूर्ण भूमिका रहने बताउनुभएको छ । तनहुँ जिल्ला अदालत बार एकाइले आज दमौलीमा आयोजना गरेको स्वागत कार्यक्रममा उहाँले बार र बेञ्चबिचको सहकार्यबाट मात्रै प्रभावकारी न्यायिक निरूपण सम्भव हुने बताउनुभयो ।

उहाँले न्यायिक सम्पादन सबैको साझा जिम्मेवारी भएकाले यसमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो । न्याय सम्पादनलाई प्रभावकारी र जनमैत्री बनाउन न्यायालयसँग सम्बन्धित सबै पक्षबिच सहकार्य र समन्वय आवश्यक रहने उहाँले उल्लेख गर्नुभयो । प्रधानन्यायाधीश शर्माले न्यायालयप्रति नागरिकको विश्वास कायम राख्न न्याय सम्पादनको प्रक्रियालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । 

न्याय माग्न अदालत पुग्ने नागरिकले समयमै न्याय पाउने वातावरण निर्माण गर्नु न्याय क्षेत्रसँग सम्बन्धित सबैको साझा दायित्व भएको उहाँको भनाइ थियो । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले न्यायालयप्रति नागरिकको विश्वास अझ बलियो बनाउन न्याय सम्पादनमा प्रभावकारिता र सहजता आवश्यक रहेको धारणा राख्नुभयो । वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले न्यायपालिकाको गरिमा र स्वतन्त्रता कायम राख्न बार र बेञ्चबिच निरन्तर संवाद र सहकार्य हुनुपर्ने बताउनुभयो । (रासस) 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *