यूराे कप फुटबल : दुइ महारथी इटाली र इंग्ल्याण्डबीच फाइनल भिडन्त

इन्भेष्टोपेपर । असार २४, २०७

जारी यूराे कप २०२१ काे फाइनल भिडन्त पुटबलका दुइ महारथी राष्ट्र इटाली र इंग्ल्याण्डबीच हुने भएकाे छ । हिजाे राती भएकाे खेलमा स्पेनलाइ पेनाल्टी सुट आउनटमा हराउँदै इटालीले फाइनलमा आफ्नाे नाम दर्ता गरिसकेकाे थियाे भने आज राती भएकाे खेलमा इंग्ल्याण्डले डेनमार्कलाई २-१ काे गाेल अन्तरले हराउँदै फाइनलमा पुगेकाे हाे ।

निकै राेमाञ्चक खेलकाे पहिलो हाफकाे ३० मिनेटमा मिक्केल डेम्सगार्डले फ्री किकलाई गोलमा परिणत गर्दै डेनमार्कलाई १–० को अग्रता दिलाउन सफल भए । यस कपमा अहिलेसम्म गाेल नखाएका इंग्ल्याण्डका गोलकिपर जोर्डन पिकफर्डले पहिलो गोल खाए ।

डेनमार्ककाे खुशी धेरै समयसम्म टिक्न सकेन । हाफ टाइम सकिन मात्र छ मिनेट बाँकी छँदा डेनमार्कका कप्तान सिमोन जैरले बुकायो साकाको क्रसलाई आफ्नै गोलपोष्टमा छिराएपछि इंग्ल्याण्डले खेलमा १–१ को बराबरी गर्यो ।

खेलकाे दाश्राे हाफमा कुनै गाेल हुन सकेन, दुवै टाेलीले गरेका राम्रा प्रयासहरू गाेलमा परिणत हुन सकेनन । निर्धारित समयकाे खेल बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गयाे ।

अतिरिक्त समयमम खेलकाे १०३ औं मिनेटमा इंग्ल्याण्डका रहीम स्टर्लिङलाई जोकिम महेलले डिवक्सभित्र लडाएपछि इंग्ल्याण्डले पेनाल्टीको अबसर पायो । ह्यारी केनले गरेको पेनाल्टी प्रहार सेमैचेलले विफल तुल्याएपनि ‘रिबाउन्ड’ भएको बल केनकै अगाडि आएपछि दोस्रो प्रहारमा गोलमा परिणत भयो । यसरी इंग्ल्याण्डलाई २–१ को अग्रता कायम भयाे ।

उत्कृष्ट प्रदर्शन गर्दागर्दै पनि याे खेलमा डेनमार्क भाग्यशाली रहेन । स्वयं कप्तानकाे अन गाेल तथा विवादितरूपमै दिइएकाे पेनाल्टी पनि गाेलकिपरले राेकेर पनि गाेल हुनबाट बचाउन सकेनन । इटाली र इंग्ल्याण्डबीच हुने फाइनल खेल साेमवार विहान पाैने एक बजे हुने छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *