आगामी आवकाे बजेट खरो रुपमा कार्यान्वयन गरि गतिलाे नतिजा ल्याउनु पर्छ – अर्थमन्त्री

इन्भेष्टोपेपर । असार २४, २०७

काठमाडौँ ।  उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयनमा खरो रूपमा प्रस्तुत हुने बताउनुभएको छ । बजेट कार्यान्वयनका लागि मन्त्रीका हैसियतले गर्नुपर्ने सबै काम र सहयोग गर्दै गतिलो नतिजा ल्याउने बताउनुभएको हो ।

बुधबार आगामी आवको अर्थ मन्त्रालयसँग सम्बन्धित कार्यसम्पादन सम्झौता हस्ताक्षर कार्यक्रममा उहाँले सबैसँगको समन्वयमा बजेट कार्यान्वयनमा राम्रो नतिजा ल्याउन सकिने बताउनुभयो । कार्यान्वयन हुँदैन भन्ने विगतका मानकमा परिवर्तन गरी बजेट प्रस्तुत हुन्छ र कार्यान्वयन पनि हुन्छ भन्ने मानक स्थापित हुनेगरी काम गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै उहाँले बजेट कार्यान्वयनको तयारी भइरहेकाले साउनदेखि नै बजेट कार्यान्वयनले गति लिने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले साउन १ देखि नै आगामी वर्षको बजेट कार्यान्वयनको बलियो आधार तयार भएकाले आ–आफ्नो जिम्मेवारी बोध गरेर काम गर्न जरुरी रहेको बताउनुभयो ।

राजस्व सचिव रामशरण पुडासैनीले कार्यसम्पादन सम्झौताले उत्तरदायी र जिम्मेवारी बढाउने भएकाले त्यसले नतिजा बढाउन सहयोग पु¥याउने बताउनुभयो । कार्यसम्पादन सम्झौता देखाउन र प्रचार गर्नका लागि नभएर प्रतिस्पर्धाको भावना बढाउन भएकाले त्यसैअनुसार प्रस्तुत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । महालेखा नियन्त्रक मधु मरासिनीले तल्लो तहसम्म कार्यसम्पादन सम्झौता गरी बजेटमार्फत घोषित कार्यक्रम पूरा गर्ने बताउनुभयो ।

मन्त्रालयका प्रवक्ता महेश आचार्यले बजेट कार्यान्वयनका सन्दर्भमा विभिन्न मन्त्रालयसँग छलफल गरिएको र आवश्यक निर्देशिका निर्माण भइरहेको जानकारी दिनुभयो । (गाेरखापत्र दैनिकमा प्रकाशित समाचार )

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *