आठलाख डोज भेरोसेल खोप काठमाडौं आइपुग्यो

इन्भेष्टोपेपर । असार २५, २०७

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ चीनबाट आठ लाख नौ हजार ६०० डोज काठमाडौं आइपुगेको छ । उक्त खाेप नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजले आज बिहान ६ः२१ बजे चीनको बेइजिङबाट काठमाडौं ल्याएको हाे ।

सरकारले जिटुजी मार्फत चीनबाट खोप ल्याउन निगमको पहिलो उडान बिहीबार ३ः३०बजे बेइजिङतर्फ प्रस्थान गरेको थियो । यसपछि जहाजले क्रमशः असार ३१ गते, साउन १ गते र साउन ७ गते पुनः खोप ल्याउन चीन जाने तालिका सार्वजनिक गरेको छ । चीनको सिनोफार्म कम्पनीबाट सरकारले भेरोसेल खोप ल्याउन लागेको हो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *