कृषि बैंकद्वारा सामुहिक खेती फार्मलाई कृषि सामाग्री तथा उपकरणहरु हस्तान्तरण
इन्भेष्टोपेपर । असार २५, २०७८
कृषि विकास वैंक लि.ले भरतपुर–२५ मा रहेकाे युवा आधुनिक सामुहिक खेती फार्मलाई कृषि सामाग्री तथा उपकरणहरु हस्तान्तरण गरेकाे छ । बैंककाे संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कृषि सामाग्री तथा उपकरणहरु १८० थान क्रेट, १८ थान आटोमेटिक स्प्रे मेसिन तथा १ थान डिजिटल काँटा फार्मका अध्यक्ष लेखनाथ भुषाललाई कृषि विकास वैंकका संचालक संजीव पौडेलले एक कार्यक्रमकाबीच हस्तान्तरण गर्नु भएकाे हाे ।
उक्त कार्यक्रममा कृषि विकास वैंक प्रदेश कार्यालय, वीरेन्द्रनगरका निर्देशक कृष्ण नकर्मी, वरिष्ठ शाखा प्रमुख संजिव कुमार उप्रेती, कृषि विकास वैंक लि. शाखा कार्यालय भरतपुरका प्रवन्धक दिनेशवावु नेपाल ,समुहमा आवद्ध कृषक सदस्यहरु, स्थानिय भद्र भलादमीहरु एवं वैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियाे ।
सो अवसरमा कृषि विकास वैंक लि. शाखा कार्यालय, भरतपुरका प्रवन्धक दिनेश वावु नेपाल र कृषि विकास वैंक लि. प्रदेश कार्यालय, वीरेन्द्रनगरका निर्देशक कृष्ण नकर्मीले कृषि विकास बैंकबाट उपलव्ध हुने विविध कर्जा तथा नयाँ प्रडक्टहरूकाे बारेमा जानकारी गराउनु भएकाे थियाे । नकर्मीले किसान क्रेडिट कार्ड तथा किसान एपको माध्यमवाट कृषकलाई हुने फाइदाका वारेमा प्रकाश पार्दै यस फार्मका युवा कृषक सदस्यहरुले नपढेका मानिसले मात्र नभएर पढेका मानिसले पनि कृषि कार्य गर्नुपर्छ भन्ने सकरात्मक सोचका साथ यो क्षेत्रमा लाग्नु भएका सवै सदस्यहरुलाई सफलताको शुभकामना दिनु भएकाे थियाे ।
कार्यक्रमका प्रमुख अतिथी तथा वैंकका संचालक सदस्य संजिव पौडेलले सफलताकाे शुभकामना दिँदै आफ्नो मन्तब्यको क्रममा, आफु यस कार्यक्रममा सहभागी हुन आउदा वैंकको विज्ञापन गर्ने उद्देश्यले नआएकोे कृषि विकास वैंकका सेवाहरुलाई कृषक मैत्री कसरी वनाउन सकिन्छ? सुझाव लिएर यदि नीतिमा परिवर्तन गर्नुपर्ने भए आवश्यक सुधारको लागि सुझाव लिन आएको, हामीले नारामा तपाई हाम्रो घर आँगनको वैंक भनेका छौ साच्चै वैंक तपाईहरुको घर आँगनमा जत्तिकै सहज छ कि छैन वुझ्न आएको वताउनु भयो ।
यसैगरि फार्मका अध्यक्ष लेखनाथ भुषालले उक्त फार्ममा १८ जना कृषक सदस्यहरु रहेको र ९० विघा जग्गामा विभिन्न किसिमका तरकारी खेती गरिरहेको जानकारी गराउँदै हाम्रो कामलाई देखेर कृषि विकास वैंक लि. ले जुन सहयोग गर्यो यो हाम्रो लागि खुशीको कुरा मात्रै होइन थप कार्य गर्ने प्रेरणाको कुरा पनि भएको वताउनुभयो ।
उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष लेखनाथ भुषालले गर्नु भएको थियो र कार्यक्रम संचालन संस्थाका सचिव सुमन सुवेदीले गर्नुभएको थियो ।
