किरण गजमेर बन्नुभाे ‘भ्वाइस अफ नेपाल’ सिजन–३ को विजेता
इन्भेष्टोपेपर । श्रावण २५, २०७८
काठमाडौं । रियालिटि शो भ्वाइस अफ नेपाल सिजन–३ का विजेता किरण गजमेर बन्नुभएको छ ।
शनिबार राति भएको ग्रान्ड फिनालेमा किरणले तारा शिरिस मगर, ज्वाला राई र आर्यन तामाङलाई पछि पार्दै भ्वाइस अफ नेपाल सिजन–३ को उपाधी जित्नुभएको हो ।
उपाधीसँगै गजमेरले २५ लाख रुपैयाँ जित्नुभएको छ । उहाँ कोच प्रमोद खरेलको टिमका प्रतिस्पर्धी हुनुहुन्थ्याे ।
यसअघि भ्वाइस अफ नेपाल सिजन–१ मा सिडी विजय अधिकारी र सिजन–२ राम लिम्बू विजेता बन्नुभएकाे थियाे ।
