प्रधानमन्त्रीको अध्यक्षतामा युवा दिवस मनाउन मूल समारोह समिति गठन

इन्भेष्टोपेपर । श्रावण २४, २०७

काठमाडौँ ।  प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा ‘अन्तर्राष्ट्रिय युवा दिवस’ आयोजक मूल समारोह समिति गठन गरिएको छ ।

युवा तथा खेलकुदमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री देउवाको अध्यक्षतामा एक हजार एक सदस्यीय मूल समारोह समिति र राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलको अध्यक्षतामा मूल समारोह समितिको सचिवालय गठन गरिएको छ । परिषद्का अनुसार ‘खाद्य प्रणालीमा रूपान्तरण : मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नव प्रवर्तन’ भन्ने मूल नारासहित साताव्यापी विविध कार्यक्रमसहित साउन २८ गते अन्तर्राष्ट्रिय दिवस मनाइनेछ ।

परिषद्का उपाध्यक्ष ढुङ्गेलका अनुसार स्थानीय उत्पादन र खाद्य प्रणालीमा रूपान्तरण, यौनिक तथा अल्पसङ्ख्यक समूहसँगको अन्तक्र्रिया, बालिका तथा किशोरीको स्वास्थ्य र संरक्षणमा युवाको भूमिका, अपाङ्गता भएका युवाको राजनीतिमा सहभागिता, युवा र उद्यमशीलता विषयमा अन्तक्र्रिया कार्यक्रम आयोजना गरिने भएको छ ।

युवाका विषयलार्ई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । सन् २००० देखि नियमित रूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् ।

नेपालमा भने युवासँग काम गर्ने सङ्घ संस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि यो दिवस मनाउन थालिएको हो । सरकारी स्तरमा परिषद्को अगुवाइमा २०७३ सालदेखि यो दिवस मनाउन थालिएको हो । (गाेरखापत्रबाट)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *