कृषि विकास बैंकले जारी गरेकाे कृषि ऋणपत्र नेप्सेमा सूचिकृत

इन्भेष्टोपेपर । श्रावण २७, २०७

कृषि विकास बैंक लि.को रु.१ हजार अंकित दरका ६० लाख कित्ता बराबरको कृषि ऋणपत्रको सूचिकरण गरी कारोबारका लागि कृषि विकास बैंक लि. र नेपाल स्टक एक्सचेन्ज लि.विच धितोपत्र सूचिकरण सम्बन्धी सम्झौता सम्पन्न भयो ।

उक्त सम्झौतामा कृषि विकास बैंक लि.को तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र नेपाल स्टक एक्सचेन्ज लि.का तर्फबाट चन्द्र सिहं साउदले हस्ताक्षर गर्नु भएको थियो । सम्झौता पश्चात कृषि विकास बैंक लि.को “ कृषि ऋणपत्र ”, को दोश्रो बजारमा कारोवार सुरु हुनेछ ।

उक्त अवसरमा कृषि विकास बैंक लि.का विभागीय प्रमुख प्रेम कुमार श्रेष्ठ, कम्पनी सचिव हिमलाल पौडेल, नेपाल स्टक एक्सचेन्जका श्री प्रविन पन्ढाक, कुलचन्द्र रिजाल, भेषराज नेपाल, नवराज थापा र एनआईविएल एस क्यापिटल लि.का डिपुटी सिईओ मेख बहादुर थापाको समेत उपस्थिती रहेको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *