आरविवि म्युचुअल फण्ड १ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत
इन्भेष्टोपेपर । भाद्र ११, २०७८
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लि. कोष प्रबर्धक रहेको आरविवि म्युचुअल फण्ड अन्तर्गत संचालित पहिलोे बन्दमुखी योजना “आरविवि म्युचुअल फण्ड १” नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएकाे छ ।
यस याेजनाकाे प्रति इकाई रु. १०।– का दरले १२,५०,००,००० इकाई अर्थात रु.१,२५,००,००,०००।– (अक्षरुपी एक अर्ब पच्चिस करोड रुपैँया) नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोवार हुन सक्ने गरी सूचीकरण गर्ने सम्झौता सम्पन्न भएकाे हाे ।
उक्त सम्झौता पत्रमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गर्नुभएकाे थियाे ।
उक्त म्युचुअल फण्डको योजना व्यवस्थापक तथा डिपोजिटरी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शत् प्रतिशत् लगानी रहेको सहायक कम्पनीे आरविवि मर्चेन्ट बैँकिङ्ग लि. रहेको छ ।
