चौंथो संस्करणको ईपीएल टी–२० को उपाधि चितवन टाइगर्सलाई

इन्भेष्टोपेपर । आश्विन २४, २०७८

काठमाडौं ।  चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटको उपाधि चितवन टाइगर्सले जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवनले उपाधि जितेको हो ।

चितवनले पहिलो पटक ईपीएलको उपाधि जितेको हो । उपाधिसँगै चितवनले ५० लाख प्राप्त गरेको छ भने उपविजेता पोखराले १५ लाख पाएको छ ।

पोखराले दिएको ११२ रनको लक्ष्य चितवनले १५ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । टस हारेर पहिलो ब्याटिङ गरेको पोखराले १७ ओभर ५ बलमा अलआउट हुँदै १११ रन बनाएको थियो ।

यस खेलका प्लेयर अफ द म्याच कमल एरीले हात पार्नु भयाे, जसले २० रन खर्चेर ४ विकेट लिनु भएकाे थियाे । यसैगरि प्लेयर अफ द सिरिजमा पनि चितवन टाइगर्सकै सागर ढकाल घाेषित हुनुभयाे । उहाँले कुल १४ विकेट लिनुभएकाे थियाे ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *