चौंथो संस्करणको ईपीएल टी–२० को उपाधि चितवन टाइगर्सलाई
इन्भेष्टोपेपर । आश्विन २४, २०७८
काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटको उपाधि चितवन टाइगर्सले जितेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवनले उपाधि जितेको हो ।
चितवनले पहिलो पटक ईपीएलको उपाधि जितेको हो । उपाधिसँगै चितवनले ५० लाख प्राप्त गरेको छ भने उपविजेता पोखराले १५ लाख पाएको छ ।
पोखराले दिएको ११२ रनको लक्ष्य चितवनले १५ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । टस हारेर पहिलो ब्याटिङ गरेको पोखराले १७ ओभर ५ बलमा अलआउट हुँदै १११ रन बनाएको थियो ।
यस खेलका प्लेयर अफ द म्याच कमल एरीले हात पार्नु भयाे, जसले २० रन खर्चेर ४ विकेट लिनु भएकाे थियाे । यसैगरि प्लेयर अफ द सिरिजमा पनि चितवन टाइगर्सकै सागर ढकाल घाेषित हुनुभयाे । उहाँले कुल १४ विकेट लिनुभएकाे थियाे ।
