तिहारले दिदीबहिनी तथा दाजुभाइबीचको आपसी स्नेहलाई गाढा बनाउँदछ – राष्ट्रपति

इन्भेष्टोपेपर । कार्तिक १८, २०७८

काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले मौलिक सांस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणी जगत्को अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्ने बताउनुभएको छ ।

तिहारको शुभकामना दिँदै राष्ट्रपतिले भन्नुभएको छ, “तिहार पर्वले दिदीबहिनी तथा दाजुभाइबीचको आपसी स्नेहलाई गाढा बनाउँदछ ।”

उहाँले नेपालीको महान् चाड तिहार, २०७८ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक तिहारले…
मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले तिहारको अवसरमा देउसीभैलो खेल्ने संस्कृतिले बृहत् सामाजिक एकतालाई प्रगाढ बनाउन मद्दत पु-याउने बताउनुभएको छ ।

उहाँले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पु-याउने विश्वास व्यक्त गर्नुभएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *