नेकपा एमालेले देशभर महाधिवेशन प्रतिनिधि छान्दै

इन्भेष्टोपेपर । कार्तिक २७, २०७८

काठमाडौं ।  नेकपा एमालेले आज देशभरबाट एकै पटक महाधिवेशन प्रतिनिधि छान्ने भएको छ ।देशभर छरिएका ८ लाखभन्दा बढी संगठित सदस्यले आ–आफ्ना क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चुन्नेछन् । संगठित सदस्यताका आधारमा जिल्लाहरुबाट प्रतिनिधि चयन हुनेछन् ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिमा पहिलो १२ सय संगठित सदस्यबाट १ महिला र २ खुलासहित ३ जना हुने व्यवस्था गरेको छ ।

त्यसैगरी प्रत्येक ८ सयमा १ जना प्रतिनिधिको संख्या बढ्दै जाने छ।त्यो संख्या २४ सयमा पुग्दा १ महिला र ३ खुला गरी ती जना निर्वाचित हुनेछन्।महाधिवेशनका लागि एक हजार ९९९ प्रतिनिधि चयन हुने जनाइएको छ । आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा एमालेले दशौं राष्ट्रिय महाधिवेशन गर्दैछ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *