अनुत्पादक क्षेत्रको कर्जा नियन्त्रण गरि उत्पादनशील क्षेत्रमा बढाउन अर्थमन्त्रीकाे आग्रह

इन्भेष्टोपेपर । कार्तिक २७, २०७८

काठमाडौँ ।  अर्थमन्त्री जनार्दन शर्माले अनुत्पादक क्षेत्रको कर्जा नियन्त्रण गरेर उत्पादनशील क्षेत्रमा बढाउनुुपर्ने बताउनुभएको छ । नेपाल बैङ्कर्स सङ्घसँग शुक्रबार मन्त्रालयमा छलफल गर्दै उहाँले यस्तो बताउनुुभएको हो ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बिजनेस ग्रोथ धेरै भएकाले अहिले स्रोत अभावको समस्या बैङ्किङ प्रणालीमा देखिएको भन्दै अनुत्पादक क्षेत्रको कर्जा विस्तारलाई बैङ्कहरूले नियन्त्रण गर्नुपर्ने मन्त्रीको भनाइ थियो ।

२७ वटै वाणिज्य बैङ्कका प्रमुुख कार्यकारी अधिकृत, नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी, डेपुुटी गभर्नर बमबहादुुर मिश्र, कार्यकारी निर्देशक देव ढकाललगायतको सहभागितामा आर्थिक वृद्धि र कर्जा विस्तारलाई सँगसँँगै मिलाएर लैजानुपर्ने विषयमा छलफल भएको बैङ्कर्स सङ्घका नवनियुक्त अध्यक्ष अनिलप्रसाद उपाध्यायले बताउनुुभयो ।

तरलता समस्याका कारण लगानी वृद्धिमा भएको समस्यामा कसरी सहज गर्ने भन्ने विषयमा छलफल भएको जानकारी दिँदै उहाँले सरकारको पुँजीगत खर्चलाई अझ रफ्तारमा बढाउनुपर्ने, विप्रेषण आप्रवाहलाई थप पारदर्शी र सहज बनाउन नीतिगत व्यवस्था गर्न सुझाव पनि दिएको बताउनुुभयो ।

सङ्घका अध्यक्ष उपाध्यायले राष्ट्र बैङ्कबाहेक सरकारका तर्फबाट वर्तमान लगानीयोग्य रकम अभावको समस्या हटाउन गर्न सकिने विविध उपायबारे छलफल भएको पनि बताउनुुभयो ।
सो अवसरमा राष्ट्र बैङ्कका गभर्नर अधिकारीले अहिलेको समसामयिक विषयमा कार्यपत्र प्रस्तुुत गर्नुुभएको थियो ।

छलफलमा उपस्थित बैङ्करहरूले तरलता अभाव, कर्जा लगानीयोग्य रकम अभाव, ब्याजदर, कर्जा निक्षेप अनुपातलगायतका वर्तमान समस्यातर्फ अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

बैङ्कहरूले बैङ्किङ प्रणालीमा देखिएको स्रोत अभावको समस्या समाधानका लागि पुँजीगत खर्च बढाउन, स्थानीय तहलाई पनि खर्च गर्न लगाउन तथा बैङ्कहरूमा भएको स्थानीय तहको पैसा कर्जा निक्षेप अनुपातमा गणना गर्न मिल्ने व्यवस्था गरिदिनसमेत बैङ्करहरूको आग्रह थियो । याे समाचार गाेरखापत्रमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *