कस्ता युवतीहरु भाग्यमानी हुन्छन् ? जान्नै पर्ने केही लक्षणहरु

इन्भेष्टाेपेपर ।  साउन २२ २०७९

काठमाडौं । प्राचिन पुर्विय दर्शनमध्ये सामुन्द्रिक शास्त्र एउटा यस्तो शास्त्र हो, जसले मानिसको शरीरको प्रत्येक अंगको आकार प्रकारको आधारमा उसको आचरण, स्वभाव, व्यवहार, भविष्य आदिबारे जानकारी गराउँदछ। साथै मानिसको शिरदेखि पाउसम्मका हरेक अंग विशेष लक्षणको हुने र ती अंगहरुबाट मानिसको गुण पहिल्याउन सक्ने हुन्छ।

समुन्द्रिक शास्त्रका अनुसार भाग्यमानी कन्याका लक्षणहरू यस्ता हुन्छन् ।

१. जुन कन्याका आँखा हरिणका जस्ता समान हुन्छन् सेतो भागको अन्तमा हल्का रातो हुन्छ यस्ता कन्या भाग्यशाली र सुखभोग पाउने हुन्छन् ।

२. जुन कन्याको जिब्रो रातो र कोमल हुन्छ उ आफुले त सुख भोग गर्छिन् नै सम्पूर्ण परिवारलाई पनि सुख प्रदान गर्न सक्ने हुन्छिन् ।

३. जुन कन्याको नाभी गहिरो र भित्रैबाट उठेको जस्तो देखिन्छ त्यस्ता कन्या पनि आफु र आफ्ना परिवारलाई सुख दिने खालकी हुन्छिन् ।

४. नाकको अघिल्लो भागमा कोठी हुने कन्या धन धान्यले पूर्ण हुन्छिन् ।

५. पैतालामा कमल चक्र एवम् शङ्खका चिन्ह हुने कन्या शुभफलदायी मानिन्छिन् । यस्ता कन्याका पति कि त ठूला व्यापारी कि त राजनेता हुन्छन् ।

६. जुन कन्याको कुर्कुच्चामा सर्पको आकार हुन्छ त्यस्ता कन्या भाग्यशाली हुन्छन् यस्ता कन्यालाई सधैं इश्वरको कृपा रहीरहेको हुन्छ ।

७. जुन कन्याको पैतालामा त्रिकोणको चिन्ह हुुन्छ ति कन्या अत्यधिक चलाख हुन्छिन भनिएको छ । यस्ता कन्याले आफ्नो बुद्धि र समझदारीले सम्पूर्ण परिवारलाई खुशी राख्न सक्छिन् ।

८. नाभिको तल्लोपट्टि कोठी भएका कन्याहरु भाग्यशाली एवम् सुखी जीवन विताउने हुन्छन् ।

९. समुन्द्र शास्त्रका अनुसार जुन कन्या को खुट्टाका औंला उठेको, गोलो, रातो रातो देखिन्छ त्यस्ता कन्या भाग्यशाली हुन्छन्।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *