साताको पहिलो कारोबार दिन नेप्सेमा दाेहाेराे अंकको वृद्धि

इन्भेष्टाेपेपर ।  साउन २२ २०७९

काठमाण्डाैँ । साताको पहिलो कारोबार दिन आईतवार नेप्से परिसूचक १० अंकले बढेको छ । 

आईतवार नेप्से सूचक १०.२७ अंकले बढेर २१२३.८३ बिन्दुमा पुगेको हो । आईतवार कारोबार आएका २१९ कम्पनीको ६१ लाख ६ हजार ५२१ कित्ता शेयर २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार २३२ रुपैयाँ बराबरको कारोबार भएको छ । 

नेप्सेका १३ उपसमूहमध्ये लाइफ इन्स्योरेन्स उपसमूह बाहेक १२ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ । जसमा जीवनबीमा उपसमूहको शेयर मूल्य ०.५ प्रतिशतले घटेको छ । होटल उपसमूहको सूचक सबैभन्दा धेरै २.१६ प्रतिशतले बढेको छ । नेप्से परिसूचक बढेसँगै मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

त्यस्तै,तेह्रथुम पावरको ९.६५ प्रतिशत, उपकार लघुवित्तको ९.१३ प्रतिशत, गुह्वेश्वरी फाइनान्सको ८.५७ प्रतिशत र साहस उर्जाको शेयरमूल्य ६.११ प्रतिशतले बढेको छ । तर यता नयाँ सारथी लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ३.४८ प्रतिशतले घटेको छ भने ग्रामिण विकास लघुवित्तको ३.३८ प्रतिशतले घटेको छ ।

आईतवार शिवम सिमेन्टको १३ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नबिल बैंकको १२ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *