निगमको अन्तर्राष्ट्रिय उडान भर्ने दुईवटा विमान एकै दिन ग्राउन्डेड

इन्भेष्टोपेपर । पुष १५, २०७८

काठमाडौं । मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान भर्ने दुईवटा विमान एकै दिन ग्राउन्डेड भएको छ । नियमित अन्तर्राष्ट्रिय उडानमा सञ्चालित दुईवटै विमानमा प्राविधिक समस्या आएपछि मंगलबारदेखि नै निगमको विमान ग्राउन्डेड भएको हो ।

निगमको मंगलबार ९एन–एकेडब्लु कलसाइन भएको न्यारोबडी विमान र ९एन–एलवाई कलसाइन भएको वाइडबडी विमानमा अचानक प्राविधिक समस्या देखिएर ग्राउन्डेड भएको निगमले जनाएको छ । निगमका अनुसार मंगलबार काठमाडौंबाट उडेर कतारको दोहा विमानस्थलमा अवतरण भएलगत्तै निगमको न्यारोबडी विमानको इन्जिनमा समस्या देखिएको थियो ।

यसैगरी, काठमाडौंबाट जापानको नारिता उडान भर्न तयार निगमको अर्को वाइडबडी विमानमा विद्युतीय समस्या उत्पन्न भएका कारण सो विमान पनि अहिलेसम्म विमानस्थलमै ग्राउन्डेड भएको छ ।

निगमका प्रवक्ता अर्चना खड्काले काठमाडौंबाट नारिता उड्ने तयारीमा सामान्य प्राविधिक समस्या देखिएको वाइडबडी विमान बिहीबार साँझसम्म मर्मत भइसक्ने अपेक्षा गरिएको बताइन् । उनले मंगलबारको उडानमा रोकिएका सबै यात्रुलाई बुधबार साँझ अर्को विमानबाट नारिता पठाइएको जानकारी गराइन् । यसैगरी, उनले कतारको दोहा विमानस्थलमा ग्राउन्डेड भएको न्यारोबडी विमान मर्मतमा भने अझै केही दिन समय लाग्ने बताइन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने तयारीका क्रममा अकस्मात बिग्रिएर ग्राउन्डेड भएको निगमको वाइडबडी विमानमा प्राविधिक समस्या देखिपछि सो विमानका चालकले मंगलबार १ सय ३ जना यात्रुसहितको काठमाडौं–नारिता उडान स्थगित गर्नुपरेको बताएका थिए ।

निगमका प्रवक्ता खड्काले वाइडबडी विमानमा प्राविधिक समस्या देखिएपछि सो उडान स्थगित गरिएको र बुधबार साँझ अर्को विमान पठाउने व्यवस्था गरिएको जानकारी दिइन् ।

काठमाडांैबाट जापानको नारिता उड्ने तयारीमा रहेको वाइडबडी विमानमा प्राविधिक समस्या देखिएपछि मंगलबार राति १०ः५० बजेको उडान रोकिएपछि निगमले सो विमानका यात्रुलाई तारेहोटलमा लगेर राखेको थियो । प्रवक्ता खड्काका अनुसार सोही विमानले नारिताबाट काठमाडौं ल्याउने तयारीमा रहेका १ सय ७३ जना यात्रुलाई पनि त्यहाँको होटलमा लगेर राखिएको थियो ।

निगम स्रोतका अनुसार मंगलबारबाट कतारको दोहामा ग्राउन्डेड भएको न्यारोबडी विमान मर्मतका लागि झन्डै एक साता लाग्नेछ । यसैगरी, जापानको नारिता उड्ने तयारीमा बिग्रिएको वाइडबडी विमान मर्मतका लागि पनि अझै एक÷दुईदिनको समय लाग्नेछ ।

कतारको दोहा विमानस्थलमा बिग्रिएर अलपत्र परेको निगमको न्यारोबढी विमानको समस्या अलि संवेदनशील रहेको जानकारी गराउँदै निगम स्रोतले भन्यो, ‘यो विमान अवतरण गरेर टयाक्सीवेबाट पार्किङतर्फ लैजाँदा एक्कासि फल्ट अलर्ट आएको थियो ।’ यसैगरी, वाइडबडी विमान मर्मतका लागि पनि प्राविधिक चेकजाँचपछि आवश्यक स्पेयर पार्ट्सको अर्डर भइसकेकाले बिहीबार साँझसम्म उडाउने व्यवस्था मिलाइएको निगम स्रोतले जनाएको छ ।

एकै दिन अन्तर्राष्ट्रिय उडानमा सञ्चालित दुईवटा विमान बिग्रिएर ग्राउन्डेड भएपछि अहिले एउटा न्यारोबढी र अर्को वाइडबडी गरी जम्मा दुईवटा विमान मात्र भएको निगमलाई हवाई टिकट खरिद गरेर बसेका र विभिन्न गन्तव्यका लागि विमानस्थल पुगेका यात्रुलाई उनीहरूको यात्रा गन्तव्यसम्म पु¥याउन निकै समस्या पर्ने भएको छ ।

 बिग्रिएका यी विमान नबनेसम्मका लागि अब निगमले आपूmसँग बाँकी भएका अन्तर्राष्ट्रिय उडानमा सञ्चालित दुईवटा एयरवस ए ३२० न्यारोबडी र एयरवस ए ३३० वाइडबडी विमानबाट मात्र विभिन्न गन्तव्यमा यात्रा भर्ने यात्रुलाई सेवा दिनुपर्ने भएको छ । याे समाचार राजधानी दैनिकमा प्रकाशित गरिएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *