अब उपत्यकामा १८ वर्ष माथिका सबैलाई खोप (खोप केन्द्रकाे नामावली सहित)

इन्भेष्टोपेपर । पुष १५, २०७८

काठमाडौं । सरकारले  कोरोना भाइरसविरुद्धको खोप लगाउन उपत्यका सबैलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना जारी गर्दै कोरोना भाइरसको जोखिम कम गर्न उपत्यकाका सबैलाई खोप लगाउन आग्रह गरेको हो ।

मन्त्रालयले काठमाडौं, ललितपुर र भक्तपुरका सबैलाई सूचना जारी गर्दै भेरोसेल, कोभिशिल्ड र एस्ट्राजेनिका खोप लगाउन आग्रह गरेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयाे ।

काठमाडौँ र ललितपुरमा बिहान १० देखि ३ बजेसम्म र भक्तपुर बिहान १० देखि १ बजेसम्म खोप लगाउन आग्रह गरिएको छ । काठमाडौँ र ललितपुरमा ११/११ खोप केन्द्र र भक्तपुर दुई खोप केन्द्रमा १८ वर्षभन्दा माथिका सबैलाई खोप लगाउन भनिएको छ ।

काठमाडौँमा ताेकिएका खाेप केन्द्रः

  • सशस्त्र प्रहरी अस्पताल बलम्बु,
  • वीरेन्द्र सैनिक अस्पताल छाउनी,
  • नेपाल प्रहरी अस्पताल,
  • शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल,
  • परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल,
  • शहीद मेमोरियल अस्पताल कलङ्की,
  • लोत्से भवन नयाँ बसपार्क,
  • वीरअस्पताल,
  • बयोधा अस्पताल,
  • निजामति कर्मचारी अस्पताल र
  • एपेक्स पोलिक्लिनिक कोटेश्वरमा खोप लगाइदै छ ।

ललितपुरमा ताेकिएका खाेप केन्द्रः

  • पाटन अस्पताल,
  • छवा–बहाल जनस्वास्थ्य शाखा,
  • सैबु स्वास्थ्यचौकी,
  • बज्रवराही चापागाउँ अस्पताल,
  • बाडेगाउँ प्राथमिक स्वास्थ्यचौकी,
  • लेले स्वास्थ्य प्राथमिक केन्द्र,
  • लुभू प्राथमिक स्वास्थ्य केन्द्र,
  • इमोडोल स्वास्थ्यचौकी,
  • भट्टेडाँडा स्वास्थ्यचौकी,
  • चौघरे स्वास्थ्यचौकी र
  • गोटीखेल स्वास्थ्यचौकीमा पनि खोप लगाइँदै छ ।

यस्तै भक्तपुरमा नेपाल कोरियामैत्री अस्पताल ठिमी र खोपः अस्पताल च्यामसिंहमा खाेप केन्द्र ताेकिएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *