अब उपत्यकामा १८ वर्ष माथिका सबैलाई खोप (खोप केन्द्रकाे नामावली सहित)
इन्भेष्टोपेपर । पुष १५, २०७८
काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउन उपत्यका सबैलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना जारी गर्दै कोरोना भाइरसको जोखिम कम गर्न उपत्यकाका सबैलाई खोप लगाउन आग्रह गरेको हो ।
मन्त्रालयले काठमाडौं, ललितपुर र भक्तपुरका सबैलाई सूचना जारी गर्दै भेरोसेल, कोभिशिल्ड र एस्ट्राजेनिका खोप लगाउन आग्रह गरेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयाे ।
काठमाडौँ र ललितपुरमा बिहान १० देखि ३ बजेसम्म र भक्तपुर बिहान १० देखि १ बजेसम्म खोप लगाउन आग्रह गरिएको छ । काठमाडौँ र ललितपुरमा ११/११ खोप केन्द्र र भक्तपुर दुई खोप केन्द्रमा १८ वर्षभन्दा माथिका सबैलाई खोप लगाउन भनिएको छ ।
काठमाडौँमा ताेकिएका खाेप केन्द्रः
- सशस्त्र प्रहरी अस्पताल बलम्बु,
- वीरेन्द्र सैनिक अस्पताल छाउनी,
- नेपाल प्रहरी अस्पताल,
- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल,
- परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल,
- शहीद मेमोरियल अस्पताल कलङ्की,
- लोत्से भवन नयाँ बसपार्क,
- वीरअस्पताल,
- बयोधा अस्पताल,
- निजामति कर्मचारी अस्पताल र
- एपेक्स पोलिक्लिनिक कोटेश्वरमा खोप लगाइदै छ ।
ललितपुरमा ताेकिएका खाेप केन्द्रः
- पाटन अस्पताल,
- छवा–बहाल जनस्वास्थ्य शाखा,
- सैबु स्वास्थ्यचौकी,
- बज्रवराही चापागाउँ अस्पताल,
- बाडेगाउँ प्राथमिक स्वास्थ्यचौकी,
- लेले स्वास्थ्य प्राथमिक केन्द्र,
- लुभू प्राथमिक स्वास्थ्य केन्द्र,
- इमोडोल स्वास्थ्यचौकी,
- भट्टेडाँडा स्वास्थ्यचौकी,
- चौघरे स्वास्थ्यचौकी र
- गोटीखेल स्वास्थ्यचौकीमा पनि खोप लगाइँदै छ ।
यस्तै भक्तपुरमा नेपाल कोरियामैत्री अस्पताल ठिमी र खोपः अस्पताल च्यामसिंहमा खाेप केन्द्र ताेकिएकाे छ ।
