पृथ्वीनारायण शाहको बन्दुक हेर्न पाइने

इन्भेष्टोपेपर । पुष २०, २०७८

काठमाण्डाैँ । नेपाल एकिरणका नायक राजा पृथ्वीनारायण शाहले प्रयोग गरेका बन्दुक झण्डै सात वर्षपछि पुनः प्रदर्शनीमा ल्याइने भएको छ । २०७२ सालको भूकम्पपछि हनुमानढोका दरबार सङ्ग्रहालय परिसरमा बन्द बाकसभित्र राखिएका ती हतियारलाई गद्दी बैठकमा देख्न पाइने भएको हो ।

यसअधि राज्यका विशिष्ट पदाधिकारीलाई मात्र विशेष अवसरमा प्रवेश दिइँदै आएको गद्दी बैठक अब सर्वसाधारणका लागि पनि खुला गरिने भएपछि गद्दी बैठकसँगै ऐतिहासिक हतियारको पनि अवलोकन गर्न पाइने भएको छ ।

हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक सन्दीप खनालले भने, “पृथ्वीनारायण शाहको निजी ब’न्दु’कका साथै त्यसबेला लु’टि’एका र नेपालमा बनेका केही ह’ति’यार प्रदर्शनीमा राख्ने भएका छौँ ।” सङ्ग्रहालय यसै महिनाबाट प्रदर्शनीका लागि खुला गरिने योजना बनाइएको खबर मंगलबारको गोरखापत्रमा छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *