सुनचाँदीको मूल्य एकैदिन ह्वात्तै ओरालो लाग्यो

इन्भेष्टोपेपर । पुष २०, २०७८

काठमाण्डाैँ । स्थानीय बजारमा आइतवार सुनको मूल्यमा ठूलो अंकले ह्रास आएको छ । सुनको मूल्यमा प्रतितोला ९०० रुपियाँले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलवारका लागि तोकेको मूल्यअनुसार छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपियाँ रहेको छ । प्रतितोला ९३ हजार १०० रुपियाँमा साेमवार कारोबार भएको छापावाला सुन ९०० रुपियाँले ओरालो लागेर ९२ हजार २०० रुपियाँ कायम भएको हाे ।

यस्तै तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ७०० कायम भएको छ जसको मूल्य सोमबार प्रतितोला रु ९२ हजार ६०० तोकिएको थियो ।     
     
 त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार २५० तोकिएको महासङ्घले जनाएको छ । 

महासङ्घले अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०३ डलर आसपास कारोबार भइरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *