कालिन्चोक दर्शन लिमिटेडले साधारण शेयर निष्काशन गर्ने
इन्भेष्टोपेपर । माघ १४, २०७८
काठमाण्डाैँ । कालिन्चोक दर्शन लिमिटेडले निष्काशन गर्नुपर्नेे १२,००,००० कित्ता (आयोजना प्रभावित क्षेत्र सहित) साधारण शेयर निष्काशन गर्नको लागि नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड, नक्साल, काठमाडौलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको छ ।
साधारण शेयर निष्काशन कार्यको लागि कालिन्चोक दर्शन लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत अशोक सिवाकोटी तथा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडका तर्फवाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले माघ १३ गते द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएकाे छ ।
