मेगा क्यापिटलले प्रमोटर सेयर खरिद-बिक्री गर्न सहजीकरण गर्ने
इन्भेष्टोपेपर । माघ १४, २०७८
काठमाण्डाैँ । मेगा क्यापिटल मार्केट्स लिमिटेडले नेप्सेमा सूचीकृत बैंक तथा वित्तीय संस्था, विमा (इन्सुरेन्स) कम्पनी, लघु वित्त (माइक्रो फाइनान्स), जलविदुत (हाइड्रोपावर) तथा उत्पादनमूलक कम्पनीहरुको संस्थापक सेयरहरु खरिद-विक्रीका लागि सहजीकरण सेवाको प्रारम्भ गरेको छ ।
यसका लागि इच्छुक लगानीकर्ताले घरैमा बसी मेगा क्यापिटल मार्केट्स लिमिटेडमा फोन नम्वर ९८५१०६७५७८ वा इमेल info@megacapitalmarkets.com वा मेगा क्यापिटल मार्केट्सको फेसबुकमा म्यासेन्जर मार्फत् म्यासेज पठाउन सक्नुहुन्छ ।
धेरै लगानीकर्ताहरुले प्रमोटर सेयर (संस्थापक सेयर) साधारण सेयर जस्तो दोस्रो बजारमा सजिलै बिक्री गर्न असमर्थता र असहजताले शेयर सम्पत्ति बन्धक भएकाे छ । प्रमाेटर शेयर बिक्री गरेर आर्थिक आवश्यकता पुरा गर्न नसकेका बिक्रेता र लगानीको अवसर खोजिरहेका अन्य लगानीकर्ताहरुबीच किनबेच र शेयर हस्तान्तरणमा सहजीकरण सेवाको आवश्यकतालाई मनन् गर्दै मेगा क्यापिटलले सेयर बजारमा यो नयाँ सेवाको सुरुवात गरेको छ ।
यस कार्यबाट प्रमोटर सेयर खरिद-बिक्रि गर्न इच्छुक लगानीकर्ताहरुलाई ठूलो राहत मिल्ने विश्वास लिएका मेघा क्यापिटलले जनाएकाे छ ।
