एन्फा राष्ट्रिय महिला लिग फुटबल चितवनमा

इन्भेष्टोपेपर । फागुन ४ २०७८

काठमाडौँ ।  राष्ट्रिय महिला लिग फुटबल चितवनमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला लिगका खेलहरू चितवनमा चैत दोस्रो साताबाट सञ्चालन गर्ने जनाएको छ । लिगका लागि एन्फाले मंगलबार भरतपुर महानगरपालिकासँग सम्झौता पनि गरेको छ ।

सम्झौतामा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले हस्ताक्षर गर्नुभयो । सम्झौता अनुसार लिग ब्यवस्थापनको सम्पूर्ण खर्च भरतपुर महानगरपालिकाले व्यहोर्नेछ।

लिगका खेलहरु भरतपुर–९ र भरतपुर–१९ को रंगशालामा हुनेछ छ । लिगमा नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, वालिङ नगरपालिका, विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका, धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिका गरी आठ टोलीको सहभागिता रहने बताईएको छ । (गाेरखापत्र दैनिकबाट)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *