वैशाख ९ देखि ११ गतेसम्म भरतपुरमा नेपाल फर्मा एक्स्पो आयोजना हुने

इन्भेष्टोपेपर । फागुन २१, २०७८

काठमाडौं ।  नेपाल औषधि उत्पादक संघले नेपाली औषधिबारे जानकारी दिन ‘नेपाल फर्मा एक्स्पो’ को आयोजना गर्दैछ ।     
     
संघले आगामी वैशाख ९ गतेदेखि ११ गतेसम्म चितवनको भरतपुरमा एक्स्पो गर्न लागेको हो । यहाँ आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष प्रज्वलजङ्ग पाण्डेले नेपालमा उत्पादन भइरहेको औषधि उत्पादनको प्रविधि र यसमा अपनाइएका संवेदनशीलताबारे जानकारी गराउनका लागि एक्स्पो गर्न थालिएको जानकारी दिए ।     
     
 नेपालको औषधि उत्पादनलाई अन्तरराष्ट्रियस्तरमा पुर्‍याउन अझ प्रविधिमैत्री र दक्षता प्रदान गर्न, औषधि प्राविधिक तथा फर्मासिस्टहरुलाई अन्तरराष्ट्रियस्तरको नवीन प्राविधिक ज्ञान दिने उद्देश्यले पनि एक्स्पो आयोजना गर्न लागिएको उनको भनाइ थियो । अध्यक्ष पाण्डेले नेपाली औषधि विदेशी औषधिभन्दा सस्तो र गुणस्तरीय रहेको बताए ।

उनले सरकार र राजनीतिक दलको सहयोग भए नेपाललाई औषधिमा निर्भर बनाउन सकिने धारणा व्यक्त गरे । एक्स्पो संयोजक नारायणबहादुर क्षेत्रीले नेपाली औषधिलाई सबै जिल्लामा पुर्‍याइरहेको जानकारी दिए।     
     
 उनका अनुसार एक्स्पोमा रहने १६० ओटा कक्षमा औषधिमा नयाँ प्रविधिको खोज गरिरहेका १२० ओटा बहुराष्ट्रिय कम्पनी र ४० ओटा नेपाली औषधि उद्योगको सहभागिता हुनेछ । वार्षिक ६० अर्ब रुपैयाँको नेपाली औषधिको कारोबार हुने गरेको र औषधि उद्योगमा ५० हजार मानिसले रोजगार पाएका छन् । नेपालमा ३५ ओटा प्राविधिक कलेजबाट १ हजार ५०० औषधि प्राविधिक र ५०० ओटा फर्मासिस्ट उत्पादन हुँदै आएका छन् । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *