बागलुङमा नबिल बैंकको दिगो बैंकिङ कार्यक्रम

इन्भेष्टाेपेपर ।  वैशाख १३, २०७९

काठमाण्डाैँ । नबिल दिगो बैंकिङले बागलुङ जिल्लाको बागलुङ नगरपालिकामा वित्तीय साक्षरता तथा उद्यमशीलता विकास सम्बन्धमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा कृषि ज्ञान केन्द्र, बाग्लुङ र नबिल बैंक बिच पारस्परिक साझेदारीमा वित्तीय साक्षरता, वित्तीय पहुँच र उद्यमशीलता विकास, कृषि उत्पादनको वृद्धि गरी रोजगारी सिर्जना गर्न सहयोग गर्न सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा नबिल बैंकको तर्फबाट गण्डकी प्रदेशका प्रमुख सुर्य बहादुर रोका र कृषि ज्ञान केन्द्र, बाग्लुङ तर्फबाट कार्यालय प्रमुख भानुभक्त भट्टराईले हस्ताक्षर गर्नुभयो ।

कार्यक्रममा नबिल बैंकका संचालक समितिका सदस्य आशा राणा अधिकारीले नेपाल कृषिको देश भनेर चिनिने गरेको र कृषिमा आत्मनिर्भर हुनु पर्ने कुरालाई जोड दिदै नबिल बैंकले कृषि तथा महिला उद्यमशीलतलाई मध्यनजर गर्दै सबैलाई समेट्ने गरी अगाडी बढ्न चाहेको बताउनुभयो ।

नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझाले कार्यक्रममा नबिल बैंकको दिगो बैंकिङ तथा वित्तीय साक्षरताको बारेमा प्रकाश पार्नुभएको थियो । अन्तर्कि्रयाको दौरान स्थानिय किसान, युवा तथा महिला उद्यमीहरुले उठाउनु भएका जिज्ञासा तथा सुझावहरुको समेत सम्बोधन गरिएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *