कुल ३५ हजार २२१ पदका लागि १ लाख ४१ हजार ४६८ उम्मेदवारी दर्ता
इन्भेष्टाेपेपर । वैशाख १३, २०७९
काठमाडौं । स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा निर्वाचित हुने कुल ३५ हजार २२१ पदका लागि १ लाख ३६ हजार २६९ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन आयोगले मंगलबार बिहान सार्वजनिक गरेको विवरणअनुसार आइतबार र सोमबार गरी यो संख्यामा उम्मेदवारी दर्ता भएको हो । यो राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको संख्या हो ।
७५३ स्थानीय तहमा रहेका पदाधिकारी संख्याः
- महानगर प्रमुख – ६
- महानगर उपप्रमुख – ६
- उपमहानगरपालिका प्रमुख – ११
- उपमहानगरपालिका उपप्रमुख – ११
- नगरपालिका प्रमुख – २ सय ७६
- नगरपालिका उपप्रमुख – २ सय ७६
- गाउ“पालिका अध्यक्ष – ४ सय ६०
- गाउ“पालिका उपाध्यक्ष – ४ सय ६०
- वडा अध्यक्ष – ६ हजार ७ सय ४३
- वडा महिला सदस्य – ६ हजार ७ सय ४३
- वडा दलित महिला सदस्य – ६ हजार ७ सय ४३
- अन्य वडा सदस्य – १३ हजार ४ सय ८६
२०७४ को स्थानीय तहको चुनावमा १ लाख ५१ हजार १ सय ९० जनाले उम्मेदवारी दिएका थिए ।
पद अनुसार मनाेनयन दर्ता गरेका उम्मेदवारकाे संख्याः
- मेयरः ३ हजार ३ सय १८
- अध्यक्षः ३ हजार ३ सय ६
- उपमेयरः २ हजार ३६
- उपाध्यक्षः २ हजार ३ सय ४३
- वडाध्यक्षः ३३ हजार १ सय ११
- महिला सदस्यः २४ हजार २ सय ८३
- दलित महिला सदस्यः २१ हजार ९ सय ७९
- सदस्यः ५१ हजार ९२
