माओवादी केन्द्रका अध्यक्ष दाहाललाई स्पष्टीकरण–पत्र

इन्भेष्टाेपेपर ।  वैशाख २९, २०७९

काठमाडौँ । निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमकल दाहाल ‘प्रचण्ड’ लाई चितवनको भरतपुरमा आयोजित चुनावीसभामा दिएको अभिव्यक्तिका सम्बन्धमा स्पष्टीकरण सोधेको छ ।

नेपाली काँग्रेस (बीपी) ले दाहालविरुद्ध आयोगमा दर्ता गराएको उजुरीमा पूर्वप्रधानमन्त्री दाहालले वैशाख २३ गते भरतपुरमा आयोजित सभामा ‘यदि यस भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाललाई मतदान नगरी पराजित गराएमा देश दुर्घटनामा जानेछ’ भनी आम मतदातालाई धम्क्याउने उद्देश्यले प्रेरित भई आपत्तिजनक अभिव्यक्ति दिएको उल्लेख छ ।

उक्त कार्य निष्पक्ष निर्वाचन प्रणालीको विपरित भएको हुँदा यहाँलाई निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३५ र दफा ३६ बमोजिम हदैसम्मको कारवाही गरी पाउँ भनी उजुरीमा उल्लेख छ । नेपालको संविधानको धारा ४८ मा नागरिक कर्तव्य अन्तर्गत खण्ड (ख) मा संविधान र कानूनको पालना गर्नुप्रत्येक नागरिकको कर्तव्य हुने व्यवस्था उल्लेख भएकाले हरेक राजनीतिक दल, यसका नेता तथा कार्यकर्ता र नागरिकको व्यवहार तथा अभिव्यक्ति संविधान र प्रचलित कानून सम्मत हुनुपर्छ भन्नेमा कुनै दुविधा हुन नसक्ने आयोगको पत्रमा जनाइएको छ ।

‘आफ्नो दलको चुनाव चिन्हमा भोट हालिदैन भन्यो भने देश दुर्घटनामा जानसक्छ भन्नुको अन्तरनिहित मनसाय के हो ? यहाँको अभिव्यक्ति प्रचलित निर्वाचन कानून विपरित छ, छैन ? जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणालीमा कुनै अमुक उम्मेदवारको हारजितले देश नै दुर्घटनामा पर्ने हुन्छ, हुँदैन ?’ आयोगको २४ घन्टे स्पष्टीकरणमा भनिएको छ, ‘यहाँको अभिव्यक्तिले बालिगको स्वतन्त्र मताधिकारको प्रयोग गर्न पाउने हकलाई संकुचन गर्छ, गर्दैन ?

यो पत्र प्राप्त भएको समयले चौबीस घण्टाभित्र आयोगमा प्राप्त हुने गरी स्पष्ट जवाफ पेश
गर्नुहुन भनि स्पष्टीकरण सोधिएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *