यात्रुबाहक बस खोलामा खस्दा ९ जनाको मृत्यु, १६ जना घाइते

इन्भेष्टाेपेपर ।  जेठ २२, २०७९

भैरहवा । भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रुबाहक बस खस्दा ९ जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते भएका छन् । यात्रुमध्ये ४ जनाको भिम अस्पतलामा र ५ जना युसिएमएस मेडिकलमा मृत्यु भएको छ । बसमा दुई बच्चा र ६ जना महिलासहित ३४ जना सवार थिए ।

ट्राफिक प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नंको बस आइतवार बिहान करीब पौने ५ बजे रोहिणी पुलबाट खोलामा खसेको हो ।

३४ जना यात्रु सवार बस खोलामा खस्दा घाइते भएकाहरूको भैरहवास्थित मेडिकल कलेज र भीम अस्पताल भैरहवामा मृत्यु भएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयाे । घाइतेमध्ये अझै केहीको अवस्था गम्भीर रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । चालक सुमन क्षेत्री र सहचालक तुलसीराम चौधरीको अवस्था भने खतरामुक्त छ ।

मृतक मध्ये ओमसतिया–४ का अन्दाजी ६० वर्षिय राजेन्द्र्र पाण्डे, बुटवल ११ का ४५ वर्षिय कृष्ण बस्याल र तिलोत्तमा योगिकुटीका ५६ वर्षिय निष्णु पौडेलेको मात्रै सनाखत भएको छ । मृतकको पहिचान बारे थप अपडेट आउन बाँकी रहेको रुपन्देही ट्राफिक प्रहरीले जानकारी दिएकाे छ ।(रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *