कृषि विकास बैंक र क्यान्सर अस्पताल,भरतपुरबीच सम्झौता
इन्भेष्टाेपेपर । जेठ २६, २०७९
काठमाण्डाैँ । “तपाई हाम्रो घर आँगनको बैंक” भत्रे नाराका साथ व्यवसाय वृद्धिमा अग्रसर रहेको कृषि विकास बैंक लिमिटेडले भरतपुर क्यान्सर अस्पतालमा सेवा विस्तार गरेको छ । देशकै नमुना क्यान्सर अस्पतालको रुपमा विकास भइरहेको वि.पि. कोइराला मेमोरियल क्यान्सर अस्पताल र कृृषि विकास बैंक लिमिटेडबीच बैंकिङ कारोवार गर्ने सम्झौता भएको हो ।
विगत ५ वर्ष देखि एक्स्टेन्सन काउन्टर सहित अस्पतालको आय संकलनको कार्य गरी रहेकोमा हाल सम्झौताको म्याद समाप्त भएकाले पुन बैंकिङ्ग कारोवारका लागि कृषि विकास बैंक लि., प्रदेश कार्यालय चिवतनका निर्देशक रधुनाथ न्यौपाने र क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देज कुमार गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा क्यान्सर अस्पताल संचालक समिति अध्यक्ष डा.र्निमल लामिछाने, उप निर्देशक डा. कृष्ण कुमार शर्मा लगायतको सहभागिता रहेको थियो भने बैंकका तर्फवाट निर्देशक रधुनाथ न्यौपाने, कृषि बैंकिङ विभागका विभागीय प्रमुख चन्द्र सिंह थापा लगायतको सहभागीता रहेको थियो ।
अस्पताल संचालक समितिका अध्यक्ष निर्मल लामिछानेले बैंकले अस्पतालको हाता भित्र सेवा प्रदान गर्नु भएकोमा धन्यवाद व्यक्त गर्दै नगद रहित सेवा प्रवाहको अपेक्षा समेत गर्नु भयो । कृषि विकास बैंक लि. प्रदेश कार्यालय विरेन्द्रनगरका निर्देशक रधुनाथ न्यौपानेले नगद जम्मा, नगद भुक्तानी, चेक माग, बैंक खाता खोल्ने लगायतका सेवाका अतिरिक्त अस्पतालका कर्मचारीहरुले प्राेफेसनल कर्जा, क्रेडिट कार्ड, विद्युतिय भुक्तानीका सेवा उपयोग गर्न अनुरोध गर्दै अव्बल सेवा प्रवाह गर्न बैंक सधै प्रतिवद्ध रहेको धारणा राख्नु भयो ।
यस सम्झौता पश्चात बैंकको एक्सटेन्सन काउन्टर मार्फत सो क्षेत्रमा ग्राहकले नगद जम्मा, नगद भुक्तानी, चेक माग लगायतका सेवा प्राप्त गर्न सक्नेछन् भने अस्पतालका कर्मचारीहरुले निःशुल्क क्रेडिट कार्ड सेवा प्राप्त गर्न सक्नेछन् । उक्त कार्यक्रमको संचालन अस्पतालका प्रशासन प्रमुख हृदय नारायण महतोले गर्नु भएको थियो भने अन्य सहजिकरण शाखा कार्यालय भरतपुरका प्रवन्धक दिनेश वावु नेपालले गर्नु भएको थियो ।
