महिला लघुवित्तको सीईओमा न्यौपाने नियुक्त
इन्भेष्टाेपेपर । जेठ २६, २०७९
काठमाण्डाैँ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्ण प्रसाद न्यौपाने पुन: नियुक्त हुनुभएकाे छ ।
संस्थाकाे जेठ २४ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले असार १ गतेबाट लागू हुने गरी ४ वर्षका लागि कृष्ण प्रसाद न्यौपानेलाई पुन: करारमा नियुक्त गरेकाे हाे ।