अब सिताराम घ्यु अब नयाँ प्याकमा बजारमा

इन्भेष्टाेपेपर ।  असार १७, २०७९

काठमाण्डौं । सिताराम दुधले विगत २५ वर्ष देखि नेपाली समाजमा गुणस्तरीय दुग्ध र दुग्ध पदार्थ (बटर, पनीर,लस्सी, दही, फ्रेस मिल्क,दुध) विक्री वितरण गर्दै आएको छ । समय सँगसँगै आफुलाई परिवर्तन गर्दै तथा उत्पादनहरुको प्यकिङ्गमा नयाँपन दिन क्रममा हाल बजारम बिक्री बितरण गर्दै आइरहेको सितारम घ्यु अब नयाँ प्याकिङ्गमा बजारमा बिक्री बितरण शुरु गरेको छ ।

आर्कषक बटटामा प्याकिङ्ग गरिएको अत्याधुनिक प्रविधिबाट उत्पादित सितारम घ्यु को यो प्याकेट बजारमा आइसकेको हाम्रा आम उपभोक्ता तथा ग्राहक महानुभावहरुलाई जानकारी गराउदछौ कम्पनीले जनाएको छ । 

सीताराम गोकुल मिल्क्स काठमाण्डौं प्रा.लि.ले सिताराम दुध उत्पादन र बिक्री  बितरणको २५ बर्ष पुगेको शुभ अवसरमा बिभिन्न उत्पादनहरु बजारमा ल्याएको छ । सिताराम दुध नेपालको निजी क्षेत्रको सबैभन्दा ठुलो दुध तथा दुग्धजन्य पदार्थ उत्पादन गर्ने डेरी हो । केडिया अर्गनाइजेशनको भागिनी संस्थाको रुपमा स्थापना भएको सिताराम गोकुल मिल्कस् काठमाण्डौं प्रा.लि.को उत्पादन कारखाना किर्तीपुरको दुधपोखरीमा रहेको छ ।

सिताराम गोकुल मिल्कस काठमाण्डौं प्रा.लि.प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा हजारौ जनतालाई रोजगारी दिन सफल भएको छ बिगत २५ बर्षदेखि । यतिमात्र होइन दुधले राम्रो आम्दानी गरी आर्थिक आय श्रृजनाको मुख्य श्रोत कृषि मध्येको गाइपालन हो भन्ने तथ्यलाई समेत प्रमाणित गर्न सफल भएको छ । किसानको गोठदेखि आम जनताको ओठसम्मे सितारमा डेरीले दुध तथा यसबाट उत्पादित दुग्धजन्य पदार्थहरु पुरयाएको छ ।  

सिताराम गोकुल मिल्कस् काठमाण्ठौं प्रा.लि. २०५२ सालमा कीर्तिपुरको दूधपोखरीमा स्थापना भई सञ्चालन हुँदैआएको छ । सिाताराम गोकुुल मिल्कस् प्रा.लि.ले नवलपरासी, रुपन्देही, चितवन र काभ्रेपलाञ्चोक जिल्लामा २२ वटा दूध चिस्यान केन्द्र स्थापना गरेर जिल्लाका १५० दूध उत्पादक सहकारी संस्थाका साथसाथै लगभग २० निजी दूध व्यवसायीमार्फत नियमित दूध सङ्कलन गरिरहेको छ ।

दूधबाट प्रोटिन, लिपिडस, क्याल्सियम र पोटासियम जस्ता पौष्टिक तत्व पाइनाका साथै स्वस्थ शरीर र नियमित विकासमा दूधको महत्व आधुनिककालमा समेत वैज्ञानिक रुपमा पुष्टि भइसकेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *