आइएमई इन्स्योरेन्स र काठमाडौँ प्याथ ल्याबबीच सम्झौता
इन्भेष्टाेपेपर । असार १७, २०७९
काठमाण्डाैँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र काठमाडौँ प्याथ ल्याब र डाग्नोस्टिक सेन्टर प्रा. लि. बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र काठमाडौँ प्याथ ल्याब र डाग्नोस्टिक सेन्टर का प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेले हस्ताक्षर गर्नुभयो ।
यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी, शेयरधनी तथा ग्राहक महानुभावहरुलाई काठमाडौँ प्याथ ल्याब र डाग्नोस्टिक सेन्टर महाराजगंज, काठमाडौँमा प्राप्त हुने सबै किसिमका सेवाहरुमा आकर्षक छुट प्राप्त हुने हुनाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण कर्मचारी, लगानीकर्ता तथा ग्राहकमहानुभावहरुले आवश्यकता अनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ ।
साथै सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले काठमाडौँ प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरसँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकमहानुभावहरुलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराउनु भयो ।
