सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सबीच मर्जरकाे समझदारी
इन्भेष्टाेपेपर । असार २८, २०७९
काठमाण्डौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले एक आपसमा गाभ्ने/गाभिने (Merger) को लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
शेयर स्वाप अनुपात प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको १ कित्ता शेयर वराबर सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको १ कित्ता (१ः१) हुने गरी भएको हाे ।
प्रारम्भिक समझदारीमा सिद्धार्थ इन्स्योरेन्सको तर्फवाट अध्यक्ष रतनलाल केडिया तथा प्रिमियर इन्स्योरेन्सको तर्फवाट अध्यक्ष सुरेश लाल श्रेष्ठले हस्ताक्षर गर्नुभएकाे थियाे। सो समारोहमा दुवै कम्पनीको सञ्चालकहरु एवम् वरिष्ठ पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
