जानिराखाैँ महिला गुप्तांगका अनौठा तथा राेचक तथ्यहरू

इन्भेष्टाेपेपर ।  कार्तिक १३, २०७९

महिला गुप्तांग अर्थात् योनी निकै संवेदनशील तथा महत्वपूर्ण अंग हो भन्ने कुरा सबैलाई थाहा छ । याैनकाे विषय मानिसको सर्वाधिक चासोको विषय भएता पनि समाजको यसको खुल्ला चर्चा वर्जित भएकाले आफ्नै यौनांगका बारेमा धेरै कुराहरू मानिसलाई थाहा नहुन सक्छ ।

सम्भोगको सन्तुष्टिदेखि, गर्भाधान र सन्तान पैदा गराउने मार्गको रूपमा रहेको यो अंगका विषयमा केही अनौठा तथ्यहरू भने थाहा नहुन सक्छ ।

योनीबारे रोचक तथ्यहरू

१) योनीको औसत आकार ३–४ इन्च हुन्छ, तर सम्भोगको चरमोत्कर्षका बेला यसको आकार २ सय प्रतिशतसम्म वृद्धि हुनसक्छ ।

२) योनीको उत्तेजक भाग अर्थात् भंगाकुरमा ८ हजार वटा स्नायु हुन्छन्, जबकि पुरूषकाे लिंगमा केवल चार हजार वटा मात्र हुन्छन् ।

३) अध्ययन अनुसार एक घण्टाकाे समयभित्र एकजना महिलाले अधिकतम १ सय ३४ पटकसम्म चरम सन्तुष्टि पाएकाे रेकर्ड छ भने पुरुषकाे हकमा जम्मा १६ पटक मात्र । याे सबै याेनीकाे विषेश बनावटकाे कारण भएकाे ठहर गरिएकाे छ ।

४) योनीलाई अंग्रेजीमा ‘भेजाइना’ भनिन्छ । ल्याटिन भाषामा यसको अर्थ तरबार बोक्नेवाला भन्ने हुन्छ ।

५) योनीमा प्राकृतिक लुब्रिकेन्ट स्क्वालिन हुन्छ । यो लुब्रिकेन्ट सार्क माछामा पनि पाइन्छ ।

६) गुप्तांगकाे भित्री भित्ता अन्य अवस्थामा मुज्जा परेर रहेको हुन्छ र सम्भोगको बेला उक्त भित्ता छाता जस्तै गरी फुक्दछ ।

७) योनीमा कैयौं प्रकारका ब्याक्टेरिया पाइन्छन् । योनीमा पाइने केही ब्याक्टेरियाहरू दहीमा समेत पाइन्छन् ।

८) गुप्तांगको रौँ को औसत आयु भनेको जम्मा तीन हप्ता हो । जबकि, टाउकोको रौँ को आयु अधिकतम ७ वर्षसम्म हुन्छ ।

९) योनीको गन्धलाई महिलाको भोजनको प्रकारले प्रभाव पार्छ । त्यसैले सहबास अघि कडा गन्ध आउने लसुन आदीकाे सेवन नगर्नु राम्राे हुन्छ ।

१०) याेनीमा आफ्नाे सफाइ आफै गर्ने प्रणाली हुन्छ ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *