चिनियाँ जन कँग्रेसका अध्यक्ष ली नेपाल आउँदै

इन्भेष्टाेपेपर ।  भाद्र २७, २०७९

काठमाडौँ । छिमेकी मुलुक चीनका राष्ट्रिय जनकँग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु तीन दिने औपचारिक भ्रमणका क्रममा सोमवार नेपाल आउँदै हुनुहुन्छ ।

सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपालको औपचारिक भ्रमणमा आउन लाग्नुभएको हो । उहाँ भदौ २९ गतेसम्म नेपालमा रहनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चिनियाँ नेता लीसहितको चिनियाँ प्रतिनिधिमण्डल विशेष विमानमार्फत आउने कार्यक्रम रहेको छ । सोमवार नै सभामुख सापकोटा र लीले दुई देशीय वार्ता गर्नुहुने कार्यसूची तय भएको छ ।

वार्ताका क्रममा दुई देशको संसदीय अनुभव आदानप्रदान गर्नुहुनेछ । सभामुख सापकोटाले नेता ली तथा चिनियाँ प्रतिनिधिमण्डलको सम्मानमा सोमबार साँझ रात्रिभोजको आयोजना गर्नुहुनेछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *