नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनको ११औ महाधिवेशन सम्पन्न

इन्भेष्टाेपेपर ।  भाद्र २७, २०७९

विराटनगर । नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनको ११औ महाधिवेशन प्रदेश–१ को राजधानी विराटनगरमा भव्यतापूर्वक सम्पन्न भएको छ । सम्मेलनकाे नारा ‘व्यावसायिक कम्पनी, उत्तरदायी व्यवस्थापन; उत्प्रेरित कर्मचारी, सुदृढ ट्रेड युनियन’ रहेकाे छ ।

नेपाल सरकारका पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष माननीय सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यता र नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडा तथा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलको विशेष आतिथ्यतामा २०७९ भाद्र २२ गते संगठनका तत्कालीन अध्यक्ष यादव प्रसाद पनेरुको अध्यक्षतामा उद्घाटन कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो ।

प्रमुख अतिथि, विशेष अतिथि, अतिथिज्यूहरू तथा कम्पनीमा क्रियाशील अन्य ट्रेड युनियनका प्रतिनिधिहरूले उद्घाटन समारोहमा शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो । सो अवसरमा केन्द्रीय समिति, विभिन्न विभागहरू, प्रादेशिक समिति, इकाई समिति तथा सम्पर्क समितिका ७७ जिल्लाका ६०० जना प्रतिनिधि तथा पर्यवेक्षकहरूको सहभागिता रहेको थियो ।

उक्त महाधिवेशनबाट मोहन प्रसाद फुयाँलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भचएको छ । समितिको वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद ज्ञवाली, उपाध्यक्षहरू राज किशोर चौधरी, चण्डीका पोखरेल, तोयनाथ भट्टराई, भरत लामिछाने, आनन्द पौडेल, महासचिव मणि कुमार पोखरेल, उपमहासचिवहरू तीर्थराज अधिकारी, गोविन्द ढुङ्गाना, सचिवहरू बचन ढ़ूगेल, दीपक चौलागाईं, कमला गिरी, कोषाध्यक्ष रोशन पाण्डे र सह–कोषाध्यक्ष नरेश प्रसाद पटेल चयन हुनुभएको छ ।

सदस्यहरूमा महेन्द्र प्रसाद रिमाल, घनश्याम पोखरेल, कमल घिमिरे, केशव बि. सी., सालिकराम आचार्य, हरि बहादुर कार्की, विनोद महर्जन, ई. दीपक पौडेल, राम प्रसाद भट्ट, हरि कृष्ण महत, प्रेमकला सम्बाहाम्फे, रीता अधिकारी, सृजना सापकोटा, नीलकमल बुर्जा, राम बाबु सिंह, कान्छाराम महर्जन, प्रेम प्रसाद रिजाल, युवराज अधिकारी, अशोक हिंङमाङ, श्रीकृष्ण खड्का, प्रकाश शर्मा, रामकृष्ण महतो, कमल खत्री, मुक्ति प्रसाद भण्डारी र रमेश पाठक सहित ४० जनाको केन्द्रीय समिति निर्वाचित गर्दै भव्य र सभ्य रूपमा महाधिवेशन सम्पन्न भएको छ ।

साथै, महाधिवेशनमा कम्पनीको समसामयिक अवस्थामा छलफल गर्दै आम कर्मचारीहरूको वृत्ति विकास एवं सेवा सुविधा तथा कम्पनीको व्यावसायिकता अभिवृद्धिका लागि सङ्गठन अझ सशक्त ढङ्गले क्रियाशील रहने सङ्कल्प गर्दै ११ बुँदे प्रस्ताव पारित गर्दै महाधिवेशन सम्पन्न भएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *