हरियाणा र पञ्जाबको विषाक्त धुवाँ नेपाल छिर्दै, कस्ताे असर पर्ला ?

इन्भेष्टाेपेपर ।  कार्तिक १३, २०७९

काठडमाडौं । भारतको हरियाणा र पञ्जाब राज्यका किसानले डढाएको परालको धुवाँ नेपाल प्रवेश गर्न थालेको छ । यससँगै नेपालमा पनि वायु प्रदूषणको खतरा निम्तिने र नागरिकमा स्वास्थ्य समस्या बढ्न सक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

यी दुई सहरका किसानले हरेक वर्ष धान भित्र्याएपछि मलका रूपमा प्रयोग गर्न पराल डढाउने गर्छन् । विशेषगरी कात्तिक र मङ्सिर महिनामा पराल जलाउने गरिन्छ । तर यसबाट उत्पन्न हुने वायु प्रदूषणलाई न्यूनीकरण गर्ने विषयमा भने दुवै मुलुकबाट प्रभावकारी कदम चालिएको छैन । 

पराल जलाउने क्रममा दुर्घटनासमेत निम्तिने गरेका छन् । नासाले गरेको एक अध्ययनअनुसार गत वर्ष मात्रै पराल जलाउने क्रममा २२२ वटा दुर्घटना भएका थिए । यो वर्ष पनि किसानले पराल जलाउन सुरु गरिसकेका छन् । त्यसबाट निस्केको धुवाँ सीमावर्ती क्षेत्रमा छिर्न थालेको छ । 

नेपालमा त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान विभागका प्राध्यापकहरू समेतको संलग्नतामा भएको अध्ययनबाट हरियाणा र पञ्जाबमा जलाइने परालको असर नेपालसहित अन्य मुलुकमा समेत पर्ने गरेको उल्लेख गरिएको छ ।

भारतको उत्तरप्रदेशमा कृषि अवशेष जलाउने मौसममा मध्य हिमाली क्षेत्रमा वायु प्रदूषणको असरसम्बन्धी उक्त अध्ययन प्रतिवेदनमा वायु प्रदूषण न्यूनीकरण गर्न नेपाल र भारतबीच सहकार्य गर्नुपर्ने सुझाव दिइएको छ । 

सन् २०१८ मा उत्तर–पूर्वी एसियाली मुलुकबीच स्वच्छ हावाका लागि सहकार्य गर्ने विषयमा सम्झौता भएको थियो। सोही सम्झौताअनुसार सहकार्य भएमा वायु प्रदूषण न्यूनीकरण गर्न सकिने सहप्राध्यापक पोखरेलसमेत संलग्न हुनुभएको उक्त प्रतिवेदनले सुझाव दिएको छ। हरियाणा भारतको धेरै जनसङ्ख्या भएको सहरमा पर्छ। याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *