फिलिपिन्समा आँधीबाट १ सय ५० जनाको मृत्यु

इन्भेष्टाेपेपर ।  कार्तिक १८, २०७९

काठमाण्डौ । फिलिपिन्समा आएको शक्तिशाली आँधीका कारण १ सय ५० जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार आँधीमा परि ३६ जना बेपत्ता छन् ।

हिजो आएको पाएङ नामको आँधीबाट मिमारोपा, विकोल क्षेत्र, पश्चिमी भिसायास, जाम्बोनागा प्रायद्वीप, दक्षिणी कोटाबाटो, सुल्तान कुदारत, साराङगानी र सान्तोस सहर अति प्रभावित भएका छन् । आँधीले ३९ लाख नागरिक प्रभावित भएका छन् भने ४ सय ९९ सडकमा क्षति पुगेको छ । त्यसैगरी १ सय २० वटा पुल आंशिक वा पूर्ण रूपमा भत्केका छन् ।

आँधीका कारण राजधानी मनिलासहित १७ क्षेत्रका ३१ हजार ९ सय ४२ गाउँका १८ लाख १२ हजार ७ सय ४० जना नराम्ररी प्रभावित भएका मनिला टाइम्सले जनाएको छ ।  आँधीसँगैको बाढीका कारण कम्तीमा १ लाख १३ हजार ४ सय ८ हेक्टर कृषि क्षेत्र प्रभावित भएको छ । त्यहाँ ११ हजार ७ सय ६१ मेट्रिक टन उत्पादनमा नोक्सानी भएको छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *