११.११ अभियान को लागि ज्योति विकास बैंक र दराजबीच सम्झौता

इन्भेष्टाेपेपर ।  कार्तिक १८, २०७९

काठमाण्डाैँ । ज्योति विकास बैंक र नेपालको अग्रणी अनलाइन बजार दराज केयमु प्रा.लि. बिच बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ।

यो योजना नोभेम्बर ११.११ (कार्तिक २५ गते, २०७९) देखि लागू हुनेछ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट मार्केटिङ प्रमुख बसन्त दाहाल र दराजको डिजिटल भुक्तानी र साझेदारी प्रमुख अरुण फुयाँलले हस्ताक्षर गर्नुभएको छ ।

ज्योति विकास बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५% वा रु २,५०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्रप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नु पर्नेछ ।

माथि उल्लिखित पूर्वभुक्तानी छुटहरू अभियानको अवधिमा सीमित अवधिको लागि मात्र प्रत्यक्ष हुनेछ। तसर्थ, ग्राहकहरूलाई छिटो कार्य गर्न र बिक्री सुरु हुने बित्तिकै छुटहरू प्राप्त गर्न अनुरोध गरिन्छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *