जाडोयाममा पिँडालु खानुका चमत्कारीक फाइदाहरू

न्भेष्टाेपेपर । फागुन २, २०८०

काठमाडौं । जाडोयाममा पिँडालुकाे सेवन हितकर मानिन्छ । यसलाइ तरकारीकाे रूपमा तथा उसिनेर खान सकिन्छ ।

जाडोमा देखिने आम समस्यामध्ये अल्छिपना पनि एक हो । मानिसहरु जाडोमा घरबाहिर जान मन पराउदैनन् । ओछ्यानबाट नै निक्लन मन गर्दैन् । यस्तो अवस्थामा मोटोपन एक समस्या बनेर आउन सक्ने खत्तरा हुन्छ ।

आज हामी जाडोमा पिँडालु खानुका फाइदा लिएर आएका छौं । पिँडालु खाँदा मोटोपना नियन्त्रण लगायतका धेरै फाइदा हुन्छन् ।

१) पिँडालुमा फाइबर, प्रोटीन, पोटाशियम, भिटामिन ए र सी, क्याल्सियम, आइरन जस्ता पोषक तत्व हुन्छ ।

२) पिँडालु खानु स्वास्थ्यका दृष्टिकोणले समेत निकै फाइदाजनक छ । यसलाई पौष्टिक र वीर्यवर्धक खानेकुराका रूपमा पनि लिइन्छ । कब्जियत, अपच, पाइल्स, शारीरिक कमजोरी, गर्मीको समस्या आदिजस्ता समस्याका लागि यो लाभदायी छ ।

३) पिँडालु फाइबरको राम्रो स्रोत हो । यसबाहेक, पिँडालुमा म्यागनिज, भिटामिन बि, ई, पोटासियम, फोस्फोरस र म्याग्नेसियमजस्ता तत्व पाइन्छ । यी तत्व हाम्रो शरीरका लागि लागि निकै उपयोगी छन ।

४) पिँडालुले रगतमा सुगरको मात्रालाई नियन्त्रण गर्छ । पाचन प्रकियामा सुधार ल्याउनुका साथै खानामा स्टार्चको मात्रा नियन्त्रण गर्ने भएकाले डायबिटिजका बिरामीका लाभदायी हुन्छ ।

५) पिँडालुमा फाइबर पनि पाइन्छ । यसले कालेस्ट्रोलको मात्रामा नियन्त्रण गर्ने भएकाले मानिसमा मुटुरोगको जोखिम कम हुन्छ ।

६) पिँडालुमा पोलिफिनोल र एन्टिअक्सिडेन्ट पाइन्छ । जसले शरीरमा हुने अनावश्यक कोष वृद्धि अर्थात क्यान्सरको सम्भावना घटाउँछ । एन्टिअक्सिडेन्ट छालाको लागि लाभदायक हुन्छ । खासगरी मधुमेह रोगीले पिँडालुको सेवन गर्नैपर्छ ।

७) पिँडालु खाएमा भोक मर्छ । यसमा पाइने स्टार्च र फाइबरले पेट भरिएको अनुभूति गराउँछ । साथै, क्यालोरीको मात्रा घटाउनसमेत मद्दत गर्छ । त्यसैले मोटोपन घटाउन पिँडालुको सेवन गर्न आवश्यक छ ।

८) पिडालुको तरकारी खाने गर्नाले रगतलाई सफा बनाइदिन्छ ।पिँडालुले पिसावमा हुने जलन कम गर्छ । पिँडालुको पातको दश ग्राम रस तीन चार दिनसम्म सेवन गर्नुपर्छ, तुरुन्तै फाइदा मिल्छ ।

९) उच्च रक्तचापको रोगमा समेत पिँडालुको सब्जी लाभदायक हुन्छ । यसमा मिनरल्स, पोटाशियम र म्याग्नेसियम हुन्छ, जसले रक्त संचार नियमित राख्छ ।

१०) बच्चालाई दुध चुसाइरहेकी आमाले पिँडालुको सब्जी सेवन गर्नुपर्छ, दुध राम्ररी आउँछ सानोतिनो चोट पटकमा पिँडालुको पात पिसेर लगाउनुपर्छ, रगत बग्दैन ।

यो नेपालसहित एसिया भरमा सबैभन्दा बढी खाइन्छ । यसका दुई किसिमका हुन्छन्, एउटा कालो र अर्को हरियो डाँठको हुन्छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *