आज श्रीपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा गरी मनाइँदै

न्भेष्टाेपेपर । फागुन २, २०८०

काठमाण्डाैँ । आज श्रीपञ्चमी, हरेक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ । विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्रलगायत साधनको पूजा गर्ने गरेका छन् ।

विद्यालयमा विशेष रुपमा सरस्वतीको पूजा आराधाना गरिँदै छ । काठमाण्डौ लाजिम्पाटको नील सरस्वती, स्वयम्भूको सरस्वती मन्दिर, ललितपुरको लेलेमा रहेको सरस्वती कुण्ड एवं देशभरका सरस्वती मन्दिरमा पूजा गर्ने भक्तजनको भीड लाग्छ र पूजा आराधाना गरिँदै छ ।

यस अवसरमा हुनुमान ढोकामा रहेको नासल चोकमा आज वसन्त श्रवण गरिँदै छ । वसन्त श्रवणमा कवि जयदेवले रचना गर्नुभएको सरस्वतीसम्बन्धी श्लोक पाठ गर्ने परम्परा रहेको छ । यो पाठ १५ श्लोकको रहेको छ ।

आजका दिन वसन्त श्रवण गरिने भएकाले यो पर्वलाई वसन्त पर्व पनि भनिन्छ । वसन्त श्रवणमा राष्ट्राध्यक्ष, सरकार प्रमुख, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्याधीशलगायत विशिष्ट व्यक्तित्वको नासल चोकमा उपस्थिति रहने चलन छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *