डा. श्रेष्ठ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेटरमा मनोनित

न्भेष्टाेपेपर । फागुन १, २०८०

काठमाण्डाैँ । वरिष्ठ रेडियोलोजिष्ट डा. आनन्द प्रसाद श्रेष्ठ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिष्ठान सभा सदस्य (सिनेटर) मा मनोनित हुनुभएको छ ।

प्रतिष्ठान सभाको गत माघ १४ गते बसेको बाह्रौ बैठकले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०६४ को दफा ७ उप-दफा (२)  (न) मा व्यवस्था भए बमोजिम तीन बर्षका लागि प्रतिष्ठान सभा सदस्यमा मनोनित गरेको हो ।

अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेजबाट रेडियोलोजीमा विशेषज्ञता हाँसिल गर्नुभएका तथा चिकित्सा क्षेत्रमा चार दशक भन्दा बढीको अनुभव संगाल्नुभएका डा. श्रेष्ठ नेपाली चिकित्सा क्षेत्रमा रेडियोलोजी विधालाई स्थापित गराउने अग्रणी चिकित्सक हुनुहुन्छ ।

नेपाल सरकारको उच्च शिक्षा प्राविधिक समितिका पूर्व सदस्य समेत रहिसक्नुभएका डा. श्रेष्ठ नेपाल मेडिकल काउन्सिलका पूर्व उपाध्यक्ष तथा नेपाल चिकित्सक संघको पूर्व अध्यक्ष समेत रहिसक्नुभएको छ ।

डा. श्रेष्ठ नेपाल मेडिकल कलेजका संस्थापक संचालक शेयरधनी तथा नेपाल रेडियोलोजी सोसाइटिका सल्लाहाकार समेत हुनुहुन्छ । उहाँ हाल काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.को सञ्चालक समितिका अध्यक्ष हुनुहुन्छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *