मितेरी डेभलपमेन्ट बैंकले गर्‍यो लाभांश प्रस्ताव

इन्भेष्टाेपेपर ।  मंसिर १९, २०७९

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आव २०७८/ ७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले हाल कायम चुक्तापूँजीको १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसमध्ये १२ दशमलव ३५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि रहेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *