मन्जुश्री फाईनान्सले ल्यायाे अनलाइन खाता खाेल्ने सुबिधा

इन्भेष्टाेपेपर ।  पुष ५, २०७९

काठमाण्डाैँ । मन्जुश्री फाइनान्सले पनि ग्राहकहरुको सुबिधाको लागि आफु बसेकै ठाउबाट अनलाइन सेवा मार्फत खाता खाल्ने सुविधा उपलव्ध गराएकोे छ । साथै “मञ्जुश्री प्रिमियम बचत खाता” र १ वर्ष वा सो भन्दा बढि अवधिको ब्याक्तिगत मुद्दती निक्षेपमा दुर्घटना तथा स्वास्थ्य बीमा समेत समावेश गरिएको छ ।

स्मार्ट टेलरद्वारा भुक्तानीको सेवा, क्युआरकोड भुक्तानीको सेवा, मोबाइल बैंकिङ्ग, एटिम कार्ड, अन्य आधुनिक बैंकिङ्क सुविधा उपलव्ध उपलब्ध गराउदै आएको छ ।

यस संस्थाले २०७९ मङ्गसिर सम्म रु. १२ अर्ब ४५ करोड निक्षेप संकलन तथा रु. ११ अर्ब ७४ करोड कर्जा लगानी रहेको छ । मञ्जुश्री फाइनान्स लिमिटेड केन्द्रिय कार्यालय, नयाँ बानेश्वर काठमाण्डौंमा रहि न्युरोड, चाहविल, गंगवु, कलंकी, कुमारीपाटी, नारायणगढ, पर्सावजार, भरतपुर, टाँडी, गैंडाकोट, बुटवल, मुर्गिया, योगीकुटी, मनिग्राम, भैरहवा, धनगढी, इटहरी, विराटचोक, झुम्का, ईनरुवा, बिराटनगर, नेपालगञ्ज, धरान, पोखरा, बीरगञ्ज, लगायतका शाखाबाट कारोबार गरिरहेको राष्ट्रिय स्तरको वित्तिय संस्था हो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *