उत्साहकासाथ मनाइयो ६२औँ विश्व रङ्गमञ्च दिवस

न्भेष्टाेपेपर ।  चैत्र १४, २०७९

काठमाडौँ ।  नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र माला आर्ट्स एकेडेमीले संयुक्त रूपमा ६२औँ विश्व रङ्गमञ्च दिवस मनाएका छन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नाटककार अभि सुवेदीले अन्तर्राष्ट्रिय नाट्य समूहको सन्देशका रूपमा इजिप्टकी अभिनेत्री समिहा अयुवद्वारा लिखित सन्देशको नेपाली अनुवाद वाचन गर्नुभएको थियो ।

कार्यक्रममा प्रतिष्ठानको कुलपति निशा शर्माले आगामी कार्यक्रम तथा योजनाहरूका बारेमा जानकारी दिँदै मौलिक कलाको प्रवद्र्धनका निम्ति हरेक पालिकामा रहेका मौलिक कला तथा सोसँग सम्बन्धित व्यक्तिसँगको अन्तर्वार्ता आर्काइभका रूपमा राख्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा डा. शिव रिजालले रङ्गकर्मीले विभिन्न नाट्य संस्थामार्फत नाट्य क्षेत्रलाई गतिशील बनाएकोमा प्रशंसा गर्नुभयो । उहाँले यसै क्षेत्रबाट जीविकोपार्जन गर्ने भएकाले रङ्गकर्मीलाई श्रमिकका रूपमा बुझ्न ढिला गर्न नहुने बताउनुभयो । 

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठान कुलपति भूपाल राई तथा ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमुनि हार्तुम्छाली, रङ्गकर्मी सरोज खनाल, आकाङ्क्षा कार्की, प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञलगायत वरिष्ठ स्रष्टा तथा सर्जकहरूको उपस्थिति थियो । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *